Welcome To Music Composer Association Nepal

Sun-Fri: 10am to 5pm - Sat: Closed

१२औं बार्षिक साधारण सभा सम्पन्न

  • Home
  • १२औं बार्षिक साधारण सभा सम्पन्न
Image

१२औं बार्षिक साधारण सभा सम्पन्न

सङ्गीतकार संघ नेपालको १२औं बार्षिक साधारण सभा सम्पन्न भएकोछ । उक्त कार्यक्रममा प्रतिलिपी अधिकारका सम्बन्धमा अन्तरक्रिया पनि गरिएको थियो । वरिष्ठ सङ्गीतकारहरु शम्भूजीत बास्कोटा, दीपक जङ्गम, सुरेश अधिकारी, मीरा राणा, लक्ष्मण शेष, स्वरूपराज आचार्य लगायत थुप्रै श्रष्टाज्युहरुले आफ्नो मन्तव्य राख्नुभएको थियो । सरोकारवाला सङ्घ संस्थाहरुको प्रतिनिधीज्यूहरुले पनि आफ्ना राय सुझावहरु ब्यक्त गर्नुभएको थियो ।सङ्गीतकार संघका अध्यक्ष चेतन सापकोटाले संस्थाको भावी योजनाहरु बताउँदै संस्थाको वार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नेपाल सरकारका सह सचिव सुरेश सुरश श्रेष्ठ र प्रतिलिपी अधिकार राजिष्टार पुण्यमाया गुरागाईंले केहि सुझावहरु सहित नेपाल सरकारबाट सदैव सहयोग मिल्ने वातावरण मिलाउने र आफुले संगीतकर्मीहरुको हितको लागी सधै सहयोगी भूमिका निभाउने बाचा गर्नुभयो । कार्यक्रममा नेपालका अधिकांश संगीतकर्मीहरुको बाक्लो उपस्थिती थियो । कार्यक्रमको पछिल्लो चरणमा सर्वसम्मतिबाट कार्य समितिमा केही फेरबदल गरिएको छ । सङ्गीतकार महेश खड्का द्वितिय उपाध्यक्ष, सङ्गीतकार शंकर थापा ‘स्माइल’ सचिव र सङ्गीतकार योगेन्द्र उपाध्याय कार्यसमिति सदस्य रहने निर्णय गरियो । कार्यक्रम मिती २०८० फागुन ५ गते शनिबार अनुपम फूड्ल्यान्ड गौशालामा भएको थियो । १२औं बार्षिक साधारण सभाबाट भएको निर्णय पछिको कार्य समिति यसप्रकार रहेको छ ।

संरक्षक : शम्भूजीत बासकोटा

अध्यक्ष : चेतन सापकोटा

बरिष्ठ उपाध्यक्ष : अष्ट लामा

प्रथम उपाध्यक्ष : सुदाम थापा

द्वितिय उपाध्यक्ष : महेश खड्का

महासचिव : बसन्त सापकोटा

सचिव : शंकर थापा ‘स्माइल’

कोषाध्यक्ष : राजेश थापा

सदस्यहरु :

प्रल्हाद बोगटी

अर्जुन पोखरेल

राजनराज शिवाकोटी

दिनेश बान्तवा राई

कमलिकान्त भेटवाल

योगेन्द्र उपाध्याय

१२औ बार्षिक साधारण सभा
१२औं बार्षिक साधारण सभा